जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं, ११ पुस । जाजरकोटमा आज बिहानै भूकम्पकाे गएको छ ।

बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।