सखुवा प्रसौँनी गाउँपालिका पूर्व अध्यक्ष जयसवाललगायत एमालेमा प्रवेश

काठमाडाैं, १४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराउनुुभएको छ ।
एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी परित्याग गरि करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको थियाे ।
जयसवाल यसअघि  नेपालमा हुनुुहुुन्थ्यो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो,  पनि एमालेमा प्रवेश भएको थियो ।
कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा एमालेको मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषाेत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह,  मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी हुनुहुुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *