चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौं, २३ पुस । चीनमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।

मङ्गलबार बिहान नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको हाे ।

पछिल्लो अपडेटअनुसार भूकम्पबाट १३० जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।