सरकारले ल्याएका सबै अध्यादेश २२ गते प्रतिनिधिसभामा निर्णयार्थ पेश हुने

काठमाडाैं, १४ माघ । सरकारले ल्याएका सबै अध्यादेशहरू माघ २२ गते प्रतिनिधिसभामा निर्णयार्थ पेश हुने भएका छन्।

सभामुख देवराज घिमिरेले ठूला दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यस्तो सहमति भएको हो।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। माघ १८ गते प्रतिनिधिसभामा पेश भएका अध्यादेशहरू २२ गते निर्णयार्थ पेश गरिनेछन्।

उहाँले थप जानकारी दिँदै भन्नुभयाे, “१८ गतेपछि २२, २३ र २४ गते बैठक बस्नेछ। त्यसपछि संसदीय समितिको बैठक बसेर २८, २९ र ३० गते प्रतिनिधिसभाको बैठक राखिनेछ।”

सहमति अनुसार माघ १८ गते सदनमा पेश भएका सबै अध्यादेशहरू माघ २२ गते निर्णयार्थ पेश हुनेछन्।