अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला नआएको बताउनुभएको छ।

अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने वा नपुग्ने भन्ने प्रश्नमा सङ्घीय संसद् भवन परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संसद्को सङ्ख्या गन्ने बेला भइनसकेको बताउनुभयो।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो। संसद् नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *