नेसपा नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडाैं, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

उनले अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गरेका हुन्। औपचारिक रुपमा निर्वाचन परिणाम सार्वजनिक नभए पनि भट्टराई अध्यक्षमा निर्वाचित भइसकेका छन्।

नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले भट्टराई अध्यक्षमा निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलनबाट गरिने बताइन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन राखिएको छ, जहाँ नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *