महासचिव पोखरेलले भने, अध्यादेश रोकिनेवाला छैन, अनेक विकल्पबाट पास हुन्छ

काठमाडौं, २ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने बताउनुभएकाे छ ।

एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले विरोध भयो भन्दैमा अन्योलमा नपर्न आग्रह गर्नुभयाे ।

महासचिव पोखरेलले भन्नुभयाे, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला। प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो। त्यसैले हामी जसरी पनि टुंग्याउँछौं। त्यो रोकिनेवाला छैन। अनेक विकल्पहरू छन्।’

सरकारले अहिले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको महासचिव पोखरेलकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *