सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १२ फागुन । सुनचाँदीको मूल्य आजपनि बढेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले र चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर आज १ लाख ७० हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस २ हजार ९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।