तोरणलाई बाह्र वर्षपछि उपाधि, एमेच्योरतर्फ सद्भाव च्याम्पियन

काठमाडौँ, १६ फागुन । तोरण विक्रम शाहीले शुक्रबार निरज तामाङलाई एक स्ट्रोकले पछाडि पारेर सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । अन्तिम दिन पाँच अन्डर ६७ स्कोरमा खेली समग्रमा १८ अन्डर २७० स्कोर तोरण १२ वर्षपछि घरेलु टुरमा उपाधि जिते । यसअघि सन् २०१३ मा तोरणले एनपिजिए टुर नै जितेका थिए । उनको खेल जीवनको यो तेस्रो उपाधि भएको छ । तोरणले उपाधि जितेर ट्रफीसहित एक लाख ५० हजार रुपियाँ प्राप्त गरे ।
अन्तिम दिन पाँच अन्डर नै स्कोर गरेका निरज कूल १७ अन्डर २७१ स्कोरसहित उपविजेता बने । उनी एक लाख रुपियाँको हकदार बने । नेपाल नम्वर एक एमेच्योर गल्फर सदभाव आचार्यले शुक्रबार सबभन्दा उत्कृष्ट सात अन्डर ६५ स्कोरसहित उत्कृष्ट प्रदर्शन गरे । तर पछिल्ला चरणमा अपेक्षाअनुरुप प्रदर्शन गर्न नसक्दा समग्रमा १३–अन्डर २७५ सहित सद्भाव तेस्रो स्थानमा रहन बाध्य भए । यद्यपि सदभावले एमेच्योर वर्गमा उपाधि जितेका छन् । एमेच्योरतर्फ सद्भावभन्दा नौ स्ट्रोकले पछाडि रहेका राहुल दोस्रो भए ।
यसैगरी समग्रसमग्रमा ५–अन्डर २८३ सहित सञ्जय लामा चौथो स्थानमा रहने । प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौं स्थानमा रहनुभयो ।
दिनेश प्रजापति छैटौँ र समग्रमामा ३–अन्डर २८५ सहित छैटौं र नेपाल नम्बर एक भुवन नगरकोटी सातौँ स्थानमा रहे । यसैगरी जयराम श्रेष्ठ टंक बहादुर कार्की, रामे मगर र सूर्य प्रसाद शर्मा पनि शीर्ष दस स्थानमा अटाएका छन् ।