म्याट रस नेपाली फुटबल टिमका प्रशिक्षक

काठमाडौँ, फागुन १८ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सघ (एन्फा)ले प्रशिक्षक रससँग आइतबार एक वर्षको सम्झौता गर्यो । एन्फा महासचिव किरण राई र रसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय फुटबल टिमले नौ महिनापछि पूर्णकालीन प्रशिक्षक पाएको हो । पूर्व प्रशिक्षक इटाल भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठमा नवीकरण नभएपछि एन्फाले प्रतियोगिताको समयमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन् । रसले सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी पनि सम्हालिसकेका थिए । उनले स्वीडनेका महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेलाई पनि प्रशिक्षण दिएका छन् ।