ओलावाले धनगढी एफसीमा आवद्ध

काठमाडौँ, १९ फागुन । धनगढी एफसीले सोमबार तेस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा नाइेजरियाली फरवार्ड आफिज ओलावालेलाई पुन आवद्ध गरेको छ । यसअघिका दुवै संस्करणमा पनि ओलावालेले धनगढी एफसीबाट खेलेका थिए ।
भरत र बङगलादेशको शीर्ष लिगको अनुभव पनि भएका ओलावालेले नेपालका प्राय सबै शीर्ष क्लब बाट ए डिभिजन लिग खेलको छन् । धनगढी एफसीले यसअघि नै लेबनानी फरवार्ड अहमद हिजाजलाई पनि क्लबमा फर्काइसकेको छ ।