बायर्नद्वारा बुन्डेसलिगा च्याम्पियन बायर लिभरकुसेन पराजित

लन्डन, २२ फागुन । बायर्न म्युनिखले बुन्डेसलिगा च्याम्पियन बायर लिभरकुसेनलाई हराएर च्याम्पियन्स लिग क्वाटरफाइनल प्रवेशतर्फ ठूलो पाइला चालेको छ । प्रिक्वाटरफाइनल पहिलो लेगमा बायर्न म्युनिख ३–० ले विजयी भएको हो ।

बायर्न म्युनिखका लागि हेरी केनले दुई गोल गरे । यसअघिका चार खेलमा केन गोलविहिन थिए । केनले दोस्रो गोल पेनाल्टीमा गरेका हुन् । केनले लगातार ३० पेनाल्टीमा सफल प्रहार गरेका छन् । अर्को गोल जमान मुसियलाले गरे ।

खेलको ६२ औँ मिनेटमा लिभरकुसेनका डिफेनडर नोर्डी मुकेइलीले रातो कार्ड पाउँदा पनि म्युनिखलाई जित सहज भएको हो । एजेन्सी