६ जिल्लामा नयाँ सीडीओ, गृहका ७ सहसचिवको सरुवा

काठमाडौं,२३ फागुन । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) रिक्त रहेका ६ जिल्लामा नयाँ सीडीओहरू पठाएको हो ।

बिहीबार बिहान गरिएको सरुवाअनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेलाई पठाइएको छ। त्यस्तै, ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई खटाइएको छ।

सरुवा भएकामध्ये रामकृष्ण अधिकारीलाई नुवाकोटबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ भने शशीधर घिमिरेलाई नुवाकोटको सीडीओ बनाएर पठाइएको छ।