नयाँ शैलीको चेस प्रतियोगता हुने
काठमाडौं, २५ फागुन ।
हिमालयन चेस एकेडेमीको दुई प्रतियोगताको आयोजना गरी आप्mनो प्रथम बार्षिकोत्सव मनाउने तयारी गरेको छ । हिमालयन चेस एकेडेमीले हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप र हिमालयन ब्लिज कप को आयोजना गन लागेको हो ।
हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले पूर्व विजेता विजेता बबी फिसरले सुरु गर्नुभएको नयाँ स्वरुपको फ्रिस्टाइल चेस प्रतियोगिता नेपालमा पहिलोपल्ट हुनलागेको जानकारी दिएकी छन् ।
यो नेपाली चेसमा नयाँ प्रयोग हो । फ्रिस्टाइल चेमा सहभागी खेलाडीलाई चार समुहमा विभाजन गरिनेछ । चारै समूह विजेता खेलाडी नकआउटको आधारमा हुने फाइनलका लागि चयन हुनेछन् । फ्रिस्टाइलको फाइनलमा छनोट नभएका सहित अन्य खेलाडी ब्लिजले कप खेल्नेछन् । ब्लिज कप र फ्रिस्टाइलको फाइनल चैत १ गते हुनेछ ।
दुई प्रतियोगिताको कुल पुरस्कार एक लाख २५ हजार रुपियाँ रहेको छ । । फ्रिस्टाइलको बिजेताले २५ हजार, उपबिजेताले नौ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने दुई खेलाडीले जनही ६ हजार चार सय प्राप्त गर्नेछन् ।
ब्लिज कपको बिजेतााई १५ हजार, उपविजेतालाई सात हजार पाचँ सय, तेस्रोलाई छ हजार र चौथोलाई चार हजार रुपियाँ प्रदान गरिनेछ ।
ब्लिज महिला, गल्र्स र ब्वइजतर्फ यू ८, यु १०, यु१२, यु१४, यु१६ बिजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेड, फिडे रेटिङ २००० र १७०० मुनि गरि १६ प्रतिस्पर्धा समाबेश गएिको छ ।