भुर्तेल र आरिफको अर्धशतकमा पुलिसको जित
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएर विजयी सुरुआत गरेको छ । भैरहवास्थिम एक्स्ट्रा टेक ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारीत ५० ओभरमा छ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । कुशल भुर्तेलले ५९ र आरिफ शेखले ५६ रनको अर्धशकीय पालि खेलेर पुलिसको पालि राम्रो बनाए । गुलसन झाल पनि २३ बलमा अविजित ३६ रनको योगदान दिए ।
लुम्बिनीले जवाफमा नौ विकेटको क्षतिमा १६२ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्जवल थापाले सर्वाीधक ७२ रन बनाए । पुलिसका लागि स्पीनर सागर ढकालले तीन, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई तथा रसिद खान र भुर्तेलले एक–एक विकेट लिए ।