साफ यु१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

काठमाडौँ, २७ फागुन।
दक्षिण एसियाली फुटबल महासंघले मङ्गलबार काठमाडौँमा साफ यु१९ च्याम्पियनसिपको ड्र गरेको छ । सो ड्रअनुसार नेपाल र भारत एकै समूहमा परेका छन् । नेपाल समूह बीमा आयोजक भारत र श्रीलङ्कासँग रहेको छ । समूह एमा गत विजेता बङगलादेश, भुटान र माल्दिभस रहेका छन् ।

भारतको अरुणाञ्चल प्रदेश मे ९ देखि १८ सम्म साफ यु–१९ च्याम्पियनसिपमा हुँदैछ । गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु–२० को नाममा प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा बङगलादेशले घरेलु टिम नेपाललाई हराएर उपाधि जितेको थियो ।

यसपालि पाकिस्तानले सहभागिता जनाएको छैन । समूह चरणमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल खेल्न योग्य हुनेछन् ।