धनुषामा प्रहरीले चलायाे गोली, एक घाइते

जनकपुर, ४ चैत्र । धनुषाको सबैला नगरपालिकामा चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले सोमबार एक राउण्ड गोली चलाएको छ।

नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।

धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएका हुन्।

मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाका अनुसार कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको छ। प्रहरीले चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाउनुपरेको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *