नेपालले सिङगापुर र मलेसियाविरुद्ध फ्रन्टफुटमा खेल्नेछ– प्रशिक्षक रोस

काठमाडौँ, ५ चैत । सिङगापुर र मलेसियामा खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्गलबार विदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज नेम्वाङलगायतले सफलताको शुभकामना दिए ।

नयाँ प्रशिक्षक म्याट रोसको प्रशिक्षकत्वमा नेपाली फुटबल टिमसँग यो पहिलो जिम्मेवारी हो । नेपालले शुक्रबार सिङ्गापुरसँग मैत्र खेल खेल्नेछ । जुन एएफसी एसियन कपको छनोट प्रतियोगताअन्तर्गत मलेसियाविरुद्धको खेलको तयारी पनि हो । एसियन कप छनोटमा नेपाल समूह एफमा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । यी दुई खेलका लाग नेपाल फुटबल टिम बुधबार सिङ्गापुर प्रस्थान गर्नेछ ।

नयाँ प्रशिक्षक रोसले पनि नेपाली फुटबल टिमको खेल हेर्न आफू आतुर बनेको बताएका छन् । उनी भन्छन्– शुक्रबार रातिको खेललाई पर्खिरहेको छु । नेपालले दुवै खेलमा सशक्त, आक्रामक र सकारात्मक फुटबल खल्नेछ । हामी फ्रन्टफुटमा खेल्नेछौँ । प्रशिक्षक रोसले नेपाली टिममा तीन नयाँ खेलाडी गोलरक्षक एन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुभाष बम ठकुरीलाई स्थान दिएका छन् ।

नेपालका कप्तान किरण चेम्जोङले होम म्याच मलेसियामा खेल्नुपर्दा दुःख लागेको बताए । एएफसीले दशरथ रङगशालामा अन्तर्राष्ट्रिय मैत्री खेलका लागि अनुपयुक्त भन्दै सो खेल मलेसियामा सारेको थियो । यद्यपि किरण अहिले पनि मलेसियाको अवे खेल होममा खेल्नपाउँछु भन्ने विश्वास छ, भन्छन् । घरेलु मैदानमा खेल्दा नेपालको मनोबल अर्कै हुन्छ’ कप्तान किरणको भनाइ छ । कप्तान किरणले सङगापर र मलेसिया बलियो भएपनि नेपालले टक्कर दिनसक्ने टिम हो, भने । उनी विदेशी लिगमा व्यस्त रोहित चन्द र मिडफिल्डर लकेन लिम्बुले टिममा पुनरागमन जनाउँदा पनि खुशी छन् ।

 

नेपाली टिम ः
गोलरक्षक ः किरणकुमार लिम्बु, दीप कार्की, एन्जल श्रेष्ठ
डिफेन्डर ः अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर ः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु, आयुष घलान
फरवार्ड ः जिलेस्पी जंग कार्की, , सुवास ठकुरी बम, रेजिन सुब्बा
प्रमुख प्रशिक्षक ः म्याथ्यु ब्यारी रोस
सहायक प्रशिक्षक ः सल्यान खड्गी
गोलरक्षक प्रशिक्षक ः विनोद डंगोल
म्यानेजर ः रमेश कुमार कार्की