अमेरिकामा अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते
एजेन्सी, १० चैत्र । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ ।
प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।
आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको जनाएकाे छ । घटनाले फेसबुक पोस्टमा घाइतेको सङ्ख्या १४ बाट १५ पुगेकाे जनाएकाे छ ।
लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारको लागि एल पासो लगिएको बताउनुभयो । चार जना बिरामी उपचार गरेर डिस्चार्ज भइसकेका छन् । अन्य चार जनाको अवस्था भने अज्ञात रहेको उहाँले उल्लेख गर्नुभयो ।
