पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडाैं, १८ चैत्र । पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइराला प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गर्नु भएकाे छ ।

वरिष्ठ पत्रकार कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ ।

गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिव शरीरमा विभिन्न सञ्चारगृहका पत्रकार, पार्टीका नेतागण, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिनुभएको छ ।