अस्ट्रेलियन ओपन करातेमा एरिकालाई स्वर्ण, नेपालका सबै खेलाडीलाई पदक

काठमाडौँ, चैत २३ गते । नेपालकी एरिका गुरुङले शनिबार च्याम्पियन्सीपमा स्वर्ण पदक जितेकी छन् ।

अष्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेका जानकारी प्रशिक्षक कुशल श्रेष्ठले दिएका छन् । एरिका २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिप र होङजाउ एसियाडमा नेपाललाई रजत पदक दिलाउने खेलाडी हुन् ।

यसैगरी अस्ट्रेलियन ओपनमा नेपालका लागि ६७ केजी मुनि सन्तोष श्रेष्ठ, ६१ केजी मुनि सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरे । यस प्रतियोगितामा नेपालबाट सहभागी पाँचै खेलाडी पदक जित्न सफल भएका हुन् ।