नारायणी नदिमा डुवेका दुवै जनाको शव सशस्त्र प्रहरिको गोताखोरले निकाल्यो
नवलपरासी, २७ चैत्र । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका दुवै जनाको शव चैत्र २७ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
सोही ठाउँ बस्ने १३ वर्षिया दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा चैत २६ गते नुहाउने क्रममा डुवेर बेपत्ता भएको थियाे ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शब ३५ फिट गहिराईबाट बिहान ११:३० बजे र दिक्षा सेर्पुञ्जाको शब ५० फिट गहिराईबाट अपरान्ह १२:३० बजे निकालिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।