जम्मु काश्मिरमा आतंकवादी हमलाबाट २६ जना मारिए, एक नेपालीको पनि मृत्यु
काठमाडौं, १० वैशाख । भारत जम्मू-कश्मीरको पाहलगाममा मंगलबार आतंककारी हमलामा परेर कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्
आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।
मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम एबीपीले १६ जना मृतककाे नाम सार्वजनिक गरेकाे गरेकाे हाे । जसमा नेपालका सुन्दीप न्याैपाने पनि रहेका छन् । एबीपीले सार्वजनिक गरेकाे लिस्टमा सुवेदीकाे नेपालकाे ठेगाना खुलेकाे छैन ।
त्यस्तै हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी भारतका विभिन्न राज्यका अधिकांश पर्यटक रहेका छन् । आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
आतंकवादी हमला भएसँगै साउदी अबरको भ्रमण रद्ध गरेर भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कर्दैछन् ।
