एमाले सचिवालय बैठक सुरु

काठमाडौं, २१ वैशाख । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।