बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन
म्युनिख, २२ वैशाख । बायर्न म्युनिखले आइतबार राति जर्मनीको शीर्ष लिग बुन्डेसलिगाको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको बायर लिभरकुसेन फ्राइवर्गसँग २–२ ले बराबरीमा रोकिएपछि बायर्न म्युनिखको उपाधि पक्का भएको हो । बायर्न म्युनिख ३४ औँ पटक बुन्डेसलिगा च्याम्पियन बनेको हो ।
सन् २०१३ देखि २०२३ सम्म लगातार ११ पटक लिग च्याम्पियन बनेको बायर्न म्युनिख गत वर्ष बायर लिभरकुसनसँग उपाधि भिडन्तमा पछाडी परेको थियो । गत वर्ष लिभरकुसनेले अपराजित रहेर बुन्डेसलिगाको साथै जर्मन कप पनि जितेको थियो ।
यस सत्रमा भने बायर लिभरकुसेनले सोही प्रदर्शन दोहर्याउन सकेन । बायर्न म्युनिखले आइतबार रात छ अङकको अग्रतासहित उपाधि हात पार्यो । बायर्न म्युनिखको फरवार्ड लाइन यसपटक शानदार रह्यो । विशेष गरी जमाल मुसियाला र हेरी केन लयमा देखिए । बायर्न म्युनिखले ३२ खेलमा ९३ गोल गरेको थियो । इङगल्यान्डका कप्तान केनले मात्र २४ गोल गरे ।