साफ यु१९ च्याम्पियन्सीप खेल्न भारत जाने नेपाली टिमको विदाइ

काठमाडौँ, २२ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार साफ यू–१९ पुरुष च्याम्पियनसिप २०२५ खेल्न भारत जाने नेपाली फुटबल टोलीको विदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले बिदाई गर्नुभएको हो ।

भारतको अरुणाञ्चल प्रदेशमा रहेको गोल्डेन जुब्ली स्टेडियममा मे ९ देखि १८ सम्म प्रतियोगिता हुँदैछ ।  नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भारत र श्रीलङका छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङगलादेश रहेका छन् । यसपालि पाकिस्तानले सहभागिता जनाएको छैन । दुवै समूहबाटीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सो प्रतियोगिताका लागि ड्र गत फागुनमा नेपालमै भएको थियो ।

नेपालको पहिलो खेल मे ११ मा श्रीलङकासँग हुनेछ । दुई दिनपछ नेपालले बलियो भारतविरुद्ध खेल्नेछ ।

गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु–२० को नाममा प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा बङगलादेशले घरेलु टिम नेपाललाई हराएर उपाधि जतेको थियो । नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ ।

नेपाली यू–१९ टोली

भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया,  रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का, पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ ।
मुख्य प्रशिक्षक   उर्जन श्रेष्ठ