नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ७४ करोडकाे काराेबार

काठमाडौँ, २३ वैशाख । मा आज सामान्य सुधार देखिएको छ। परिसूचक १.०३ अंकले बढेर २ हजार ६११.४३ बिन्दुमा पुगेको हो।

आज ३१८ कम्पनीका कुल २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर, ८० हजार ५४ पटकको कारोबारमा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ बराबरको खरिदबिक्री भयो।

आजको कारोबारमा जलविद्युत् समूह १.४० प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत, निर्जीवन बीमा ०.५७ प्रतिशत र व्यापार समूह २.०३ प्रतिशतले बढेका छन्। उता, बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.५० प्रतिशत, वित्त १.२८ प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, लगानी ०.४१ प्रतिशत, लघुवित्त ०.३० प्रतिशत र म्युचुअल फन्ड समूहको उपसूचक ०.१३प्रतिशतले घटेका छन्।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नकारात्मक सर्किटमा झरेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर लिमिटेडको ९२ करोड ८९ लाख ६२ हजार ७६६ रुपैयाँ बराबरको सेयर किनबेच भएकाे छ ।

कारोबार भएको सेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको १७ लाख ४७ हजार ५८१ कित्ता सेयर किनबेच भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *