पाकिस्तानले कडा जवाफ दिने चेतावनी, भारतले सुरु गर्‍यो युद्ध: शहबाज

 

काठमाडौँ, २४ वैशाख  ।  भारतले मंगलबार राति पाकिस्तानमा गरेको आक्रमणपछि दुई देशबीच तनाव उच्च बिन्दुमा पुगेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतले युद्ध सुरु गरेको बताउँदै कडा जवाफ दिने चेतावनी दिएका छन्।

भारतीय रक्षा मन्त्रालयले ‘अपरेसन सिन्दूर’ नाम दिएको यस आक्रमणले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका नौवटा आतंकवादी पूर्वाधारलाई निशाना बनाएको जनाएको छ। मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य प्रतिष्ठानलाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘लक्षित, नियन्त्रित र उत्तेजना नगर्ने’ खालको भएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *