पाकिस्तानी आक्रमणमा तीन भारतीयको मृत्यु
नयाँ दिल्ली/इस्लामाबाद, २४ वैशाख । पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रोयटर्स र एएफपी समाचार संस्थाका अनुसार कश्मीरमा भएको उक्त आक्रमणमा तीन जनाको ज्यान गएको हो ।
यद्यपि, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतीय आक्रमणमा दुई बालबालिका सहित सात जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार आक्रमणमा एउटा मस्जिदसहित धेरै स्थानहरूलाई निशाना बनाइएको थियो । दुवै देशका दाबीमा भिन्नता रहेको छ ।
