भारत सरकारले पाकिस्तानी सेनाद्वारा पश्चिमी सीमामा मध्यरातमा हमला गरेकाे आरोप

काठमाडाैं, २६ वैशाख । भारतले पाकिस्तानी सेनामाथि भारत-प्रशासित कश्मीरस्थित आफ्ना तीनवटा सैन्य आधार शिविरमा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको आरोप लगाएको छ। यद्यपि, पाकिस्तानले उक्त आरोपलाई खण्डन गरेको छ।

भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिर्देशालय (एडीजी पीआई) का अनुसार, पाकिस्तानी सेनाले मे ८ को मध्यरातमा पश्चिमी सीमा क्षेत्रमा हमला प्रयास गरेको थियो। भारतीय सेनाले जम्मू, उधमपुर तथा पञ्जाब राज्यको पठानकोटमा अवस्थित भारतीय सैन्य शिविरहरूमा पाकिस्तानद्वारा गरिएको आक्रमणको प्रयासलाई असफल तुल्याइएको दाबी गरेको छ।

“पाकिस्तानी सशस्त्र बलले मे ८ र ९, २०२५ को मध्यरातमा पश्चिमी सीमामा ड्रोन तथा अन्य हतियार प्रयोग गरी आक्रमण गर्‍यो। साथै, जम्मू तथा कश्मीरको नियन्त्रण रेखामा पाकिस्तानी सेनाले पटक-पटक युद्धविराम उल्लङ्घन पनि गर्‍यो,” भारतीय सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मा एक भिडियोसहित पोस्ट गर्दै उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *