भारत-पाकिस्तानबीच बढ्दो तनाव, छिमेकी देश कसको पक्षमा ?

भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेको छ। बिहीबार दुवै देशले एकअर्काविरुद्ध कारबाही गरेको दाबी गरेका छन्। बिहीबार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा भएको सर्वदलीय बैठकपछि केन्द्रीय मन्त्री किरेन रिजिजुले ‘अपरेसन सिन्दूर जारी अपरेशन’ भएको बताए। त्यसपछि बिहीबार राति भारतले जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनमा पाकिस्तानले हमला गरेको र त्यसलाई निस्तेज पारिएको बताएको छ। पाकिस्तानी रक्षामन्त्रीले भने हमलाको कुरा अस्वीकार गरेका छन्।

साना अर्थतन्त्र भएका छिमेकी देशहरू अफगानिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, म्यानमार र भुटानजस्ता छिमेकी देशका लागि भारत र पाकिस्तानबीच जारी तनाव विभिन्न दृष्टिकोणले निकै महत्त्वपूर्ण छ।
मिडिल इस्ट इनसाइट्स प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरीका अनुसार यदि भारत र पाकिस्तानबीचको द्वन्द लामो समयसम्म चर्कियो भने विभिन्न छिमेकीहरूमा यसको फरक-फरक असर पर्नेछ। नेपालबाट कुरा सुरु गर्दा, नेपालको भारतसँग ७० प्रतिशत व्यापार हुन्छ, त्यो प्रभावित हुन सक्छ। बन्दरगाह र व्यापार मार्गको मामिलामा नेपाललाई समस्या पर्न सक्छ। नेपाल र भारतबीच लामो सीमा छ र नेपाल यो तनाव कम होस् भन्ने चाहन्छ ।
उनका अनुसार, यस्तै आर्थिक संकट भुटानमा पनि आउन सक्छ किनभने भारतको अर्थतन्त्रमा असर परेमा त्यहाँको पर्यटन उद्योग पनि प्रभावित हुनेछ।
दक्षिण एसियाली भूराजनीति विज्ञ तथा साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर धनञ्जय त्रिपाठी अफगानिस्तानबाहेक अन्य देशहरू भारत-पाकिस्तान तनावमा तटस्थ रहने विश्वास गर्छन्।

उनको मान्यता छ कि अन्य सबै छिमेकी देशहरू यस मामिलामा मौन रहनेछन्।
भारतीय रक्षा मन्त्रालयले विश्वसनीय जानकारी अनुसार लाहोरमा एक एयर डिफेन्स सिस्टम नष्ट गरिएकोू दाबी गरेको छ।
पाकिस्तानले भारतका २५ ड्रोन खसालेको दाबी गरेको छ। बीबीसीले यी दाबीहरूको पुष्टि गर्दैन।
यो तनावमा दुवै देशका छिमेकीहरूको के अडान हुन सक्छ भन्ने जान्न बीबीसीले केही विशेषज्ञहरूसँग कुराकानी गरेको छ।

चौधरी भन्छिन्, यदि तपाईंले हेर्नुभयो भने, भारत र पाकिस्तानका छिमेकी देशहरूमा सामाजिक आर्थिक रूपमा तल्लो तहका मानिसहरू धेरै छन्। भारत र पाकिस्तानबीच द्वन्द्व लामो समयसम्म चल्यो भने, यसको आर्थिक असर बढी पर्ने मानिसहरूको सङ्ख्या धेरै ठूलो छ।
शुभदा चौधरीले बताइन् कि यी सबै देशका अर्थतन्त्र कोभिड महामारीपछि संघर्ष गरिरहेका छन्, त्यसैले यस्ता देशहरूका लागि आर्थिक हित बढी महत्त्वपूर्ण छ। उनलाई लाग्छ कि भारत र पाकिस्तानका छिमेकीहरू यो तनाव छिट्टै अन्त्य होस् भन्ने प्रयासमा लागेका छन्।
धनञ्जय त्रिपाठी भन्छन्, भारत यस क्षेत्रको ठूलो अर्थतन्त्र हो र साना छिमेकी देशहरू भारतसँग विभिन्न आर्थिक गतिविधिहरूमा जोडिएका छन्। श्रीलंका र नेपालजस्ता देशहरूका लागि पर्यटनबाट हुने आम्दानी निकै महत्त्वपूर्ण छ र उनीहरू यो तनाव छिट्टै अन्त्य होस् भन्ने चाहन्छन्।
भारत र श्रीलंकाबीच स्वतन्त्र व्यापार सम्झौता छ र श्रीलंकाको हालैको आर्थिक संकटको समयमा भारतले उसलाई निकै सहयोग गरेको छ। हालै प्रधानमन्त्री मोदीले श्रीलंका भ्रमण पनि गरेका थिए।
धनञ्जय त्रिपाठीको मान्यता छ कि भारत-पाकिस्तानबीच तनाव बढेमा यी देशहरूले दुवै देशले वार्तामार्फत यसको छिटो समाधान गरून् भन्ने चाहन्छन्।
विदेश मामिलाका जानकार कमर आगा पनि यस कुरामा सहमत देखिन्छन्। उनको भनाइ छ कि छिमेकी देशहरूसँग भारतको व्यावसायिक सम्बन्ध छ।
कमर आगा भन्छन्, यदि द्वन्द्व बढ्यो भने यसले अर्थतन्त्रलाई प्रभावित गर्नेछ। किनभने युद्धको समयमा रक्षा खर्च बढ्छ र यसमा रोजगारी पाइँदैन। यस्तो अवस्थामा बंगलादेशलाई ठूलो नोक्सान हुन सक्छ किनभने बंगलादेशको वर्तमान सरकार पाकिस्तानको नजिक गइरहेको छ। जबकि भारतको बंगलादेशमा ठूलो लगानी छ।
यद्यपि भारत र बंगलादेशबीच पहिले सम्बन्ध निकै राम्रो थियो तर गत वर्ष बंगलादेशमा भएको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले आफ्नो पद छोड्नुपरेको थियो।
त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारका कतिपय मुद्दामा भारतसँग मतभेद रहँदै आएको छ।
कमर आगाको मान्यता छ कि चीनले पनि कयौं देशमा लगानी गरेको छ, तर चीनको लगानीबाट उसलाई बढी फाइदा हुने देखिएकाले माल्दिभ्स र श्रीलंकाजस्ता देशहरू फेरि भारतको नजिक आएका छन्।

चीनको दृष्टिकोण
भारत र पाकिस्तानबीच जारी तनावका बीच चीनको अडानमा धेरैको नजर छ। चीनको पाकिस्तानसँग घनिष्ठ सम्बन्ध छ र भारतसँग पनि उसको व्यापारिक हित जोडिएको छ।
जबकि चीन आफैं हाल अमेरिकासाग ट्यारिफ युद्धमा अल्झिएको छ, यसले चीनको आफ्नै अर्थतन्त्रमा पनि संकट देखिएको छ।
चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई दुःखद भनेको छ। बुधबार भएको यस हमलालाई भारतले अपरेसन सिन्दूरु नाम दिएको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे एक प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले उनीहरू वर्तमान अवस्थाप्रति चिन्तितु रहेको बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयले भनेको छ, भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् र सधैं रहनेछन्। उनीहरू दुवै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारको आतंकवादको विरोध गर्दछ।
मन्त्रालयका प्रवक्ताले दुवै देशलाई शान्त रहन, संयम अपनाउन र स्थितिलाई थप जटिल बनाउन सक्ने कार्यहरूबाट बच्नू अपील गरेका छन्।
विशेषज्ञहरूलाई लाग्छ कि चीन कहिल्यै पनि पाकिस्तान अस्थिर होस् भन्ने चाहँदैन, जसले गर्दा उसको करोडौंको लगानी खेर जाओस्।
पाकिस्तानमा चीनले २००५ देखि २०२४ को बीचमा करिब ६८ अर्ब अमेरिकी डलर लगानी गरेको छ।
यसबाहेक, चीनले पाकिस्तानमा चाइना(पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) र बेल्ट एन्ड रोडअन्तर्गत ठूलो लगानी गरिरहेको छ।
यद्यपि, विदेश मामिलाका जानकार कमर आगा भन्छन्, चीन यो द्वन्द्व जारी रहोस् भन्ने चाहन्छ, यही उसको लागि राम्रो हो। चीनका केही हालिया बयानहरूले पनि यही देखाउँछन्। द्वन्द्वको अवस्थामा चीनले पाकिस्तानलाई आफ्ना हतियार बेच्ने मौका पाउनेछ।

अफगानिस्तानको दृष्टिकोण के हुन सक्छ?
२२ अप्रिलमा जम्मु कश्मीरको पहलगाममा भएको हमलापछि अफगानिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त हमलाको निन्दा गरेको थियो र यस्ता घटनाले क्षेत्रको सुरक्षा र स्थायित्वमा नोक्सान पुर्‍याउने बताएको थियो।
भारतको अपरेसन सिन्दूर र पाकिस्तानसँग बढ्दो तनावमा पनि अफगानिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी यो तनावप्रति चिन्ता व्यक्त गरेको छ र भारत पाकिस्तानलाई वार्तामार्फत यो तनाव अन्त्य गर्न अपील गरेको छ।
तथापि, अफगानिस्तान र पाकिस्तानबीच आफैंमा सीमा विवाद चलिरहेको छ।
कमर आगा भन्छन्, अफगानिस्तानको कुनै पनि सरकारले पाकिस्तानसँगको आफ्नो सिमाना अर्थात् डुरान्ड लाइनलाई कहिल्यै मानेको छैन, त्यसैले पाकिस्तान र अफगानिस्तानबीच धेरै पुरानो सीमा विवाद छ। यदि भारत-पाकिस्तान द्वन्द्व बढ्यो भने अफगानिस्तान भारतको पक्षमा उभिएको देखिनेछ।
यो विवाद भारतमा अंग्रेज शासनकालदेखि नै चलिरहेको छ, जब दोस्रो आंग्ल-अफगान युद्ध भएको थियो र डुरान्ड लाइनलाई दुई देशको सिमाना निर्धारण गरिएको थियो।
सन् १८९३ मा अफगान राजा र ब्रिटिश शासित भारतका विदेश मन्त्री सर मोर्टिमर डुरान्डबीच भएको सम्झौतापछि अफगानिस्तानको केही भूभाग ब्रिटिश इन्डियालाई दिइएको थियो।
सन् १९४७ मा पाकिस्तानको जन्मपछि कयौं अफगान शासकहरूले डुरान्ड सम्झौताको वैधानिकतामाथि नै प्रश्न उठाए र दुई देशबीच शत्रुताको बीउ रोपियो।
रक्षा विशेषज्ञ सञ्जीव श्रीवास्तव भन्छन्, दक्षिण एसियाका अधिकांश देशहरूसँग भारतको राम्रो सम्बन्ध रहेको छ र यदि यो द्वन्द्व बढ्यो भने यी देशहरूको चिन्ता बढ्नेछ।

इरान सामु समस्या
भारत पाकिस्तानबीच जारी तनावका बीच इरानी विदेशमन्त्री अब्बास अरागचीले यसै साता पाकिस्तान र भारतको भ्रमण गरेका छन्। इरानले पहलगाम हमलाको निन्दा गरेको छ र दुई देशबीच तनाव कम गर्न मध्यस्थताको प्रस्ताव पनि गरेको छ।
इरानी राष्ट्रपति मसुद पेजेश्कियानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी पहलगाम हमलाको निन्दा गरेका छन् र भारतसँगको तनावबारे पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग पनि कुराकानी गरेका छन्।
इरान र पाकिस्तान एकअर्काका छिमेकी देश हुन् र दुई देशबीच लामो सिमाना छ।
कमर आगा भन्छन्, इरान भारत(पाकिस्तान द्वन्द्व छिट्टै अन्त्य भएको हेर्न चाहन्छ, किनभने यदि यस क्षेत्रमा द्वन्द्व बढ्यो भने पाकिस्तानसँग सिमाना जोडिएका कारण इरानमा पनि असर पर्न सक्छ।
उता, भारत र इरानबीच ऐतिहासिक, रणनीतिक र आर्थिक कारणहरूले व्यापार सम्बन्ध बलियो रहेको छ।
सन् २०२२(२३ मा भारत र इरानबीच करिब २।५ अर्ब डलरको व्यापार भयो। भारतले इरानलाई १।९ अर्ब डलरको निर्यात गर्‍यो भने इरानले भारतलाई ६० करोड डलरको निर्यात गर्‍यो।
भारत, इरानका शीर्ष पाँच व्यापारिक साझेदार देशहरूमा पर्दछ। भारतले हरेक वर्ष इरानलाई करिब एक अर्ब डलरको चामल पठाउँछ।

इरानमाथि अमेरिकी प्रतिबन्धका कारण भारतका लागि इरानी तेल निर्यात प्रभावित भएको छ। २०१९ अघिसम्म भारतले आफ्नो दश प्रतिशत तेल आवश्यकता इरानी तेलबाट पूरा गर्थ्यो।
यसबाहेक, भारतले इरानको चाबहार बन्दरगाहमा करिब ५० करोड डलर लगानी गरेको छ। भारत चाबहार बन्दरगाह मार्फत अफगानिस्तान र मध्य एसियाका बजारहरूमा पहुँच बनाउन चाहन्छ।
रक्षा विशेषज्ञ सञ्जीव श्रीवास्तव भन्छन्, ूइरानको दुवै देशसँग सम्बन्ध छ र उसले हरहालतमा यो द्वन्द्व छिट्टै अन्त्य होस् भन्ने चाहन्छ र शान्ति स्थापना गर्ने उसको प्रयास जारी रहनेछ।
(साभार : बीबीसीका लागि कलेक्टिभ न्यूजरूमद्वारा प्रकाशित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *