भारत-पाकिस्तान तनाव अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २६ वैशाख। भारत र पाकिस्तानबीच जारी तनावको अन्त्य र शान्ति स्थापनाको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।

समाजका सदस्यहरूले नेपालस्थित भारतीय र पाकिस्तानी दूतावास अगाडि पुगेर शान्तिपूर्ण प्रदर्शन गर्दै दुवै मुलुकलाई संयमता अपनाउन र शान्तिको मार्ग रोज्न आग्रह गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘शान्तिको विकल्प छैन,’ ‘युद्ध रोक,’ ‘युद्धको कुनै भविष्य हुँदैन,’ ‘युद्धमा कसैले जित्दैन जस्ता सन्देश लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गर्दै दुवै देशलाई वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *