एन्फाको वार्षिक बजेट एक अर्ब ५६ करोड ३२ लाख

काठमाडौँ, २६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक बजेट शुक्रबार भएको साधारण सभामा अनुमोदन भएको छ ।
काभ्रेको धुलिखेलमा भएका साधारण सभाले २०८१–८२ का लागि एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० यो वर्षको बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । उनले पछिल्लो पूर्वाधारको रकम यो वर्ष रकमान्तर भएकाले यो आर्थिक वर्षको बजेट बढेको हो, भने । गत वर्ष एन्फाको बजेट एक अर्ब ३१ करोडको हाराहारीमा थियो ।
प्रवक्ता शाहले फिफा र एएफसीबाट पूर्वाधारका लागि आएको बजेटको पनि खुलासा गरे । उनका अनुसार फिफाबाट ४७ करोड ७६ लाख ७१ हजार ५४२ र एफसीबाट १२ करोड ९० लाख रुपियाँ भौतिक पूर्वाधारका लागि छुट्याइएको थियो । प्रवक्ता शाहले साधारण सभाबाट खर्च बजेटको अनुमोदन नयाँ बजेटका योजना र वार्षिक क्यालेन्डरका साथै अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, संघको आर्थिक नियमावली कार्यविधि र संशोधन प्रस्ताव पास भएको जानकारी दिए ।