जम्मू–कश्मीर र पञ्जावमा ड्रोन देखिएको छ भने , ठूला धमाकाका आवाज सुनिएको छ
अमृतसर/चण्डीगढ, २६ बैशाख । भारतको जम्मू, साम्बा र पठानकोटमा ड्रोन देखिएका छन् भने पञ्जावका विभिन्न स्थानमा शक्तिशाली धमाकाका आवाज सुनिएका छन् । भारतीय सेनाका स्रोतलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले जम्मू, साम्बा र पठानकोटमा ड्रोन देखिएको खबर प्रकाशन गरेको छ ।
बीबीसीका सहयोगी पत्रकार रविन्द्र सिंह रविनका अनुसार अमृतसरमा पनि ठूला धमाकाका आवाज सुनिएका छन् । बीबीसीका पञ्जावस्थित पत्रकारहरूका अनुसार फिरोजपुरमा कम्तीमा तीन वटा धमाकाका आवाज स्थानीय बासिन्दाले सुनेका छन् । फिरोजपुर प्रशासनका एक उच्च अधिकारीले पनि आफूले तीन वटा धमाकाका आवाज सुनेको पुष्टि गरेका छन् ।
बीबीसी पत्रकार नवजोत कौरका अनुसार डिप्टी कमिश्नर निशान्त यादवको आदेशमा चण्डीगढमा साँझ ७ बजे बजार पूर्ण रूपमा बन्द गरिएका छन् । धमाकाका कारण उत्पन्न हुन सक्ने सम्भावित खतराका कारण यस्तो गरिएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
