श्रीलंकामा बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना, २१ जनाको मृत्यु १४ जना गम्भीर घाइते
एजेन्सी, २९ वैशाख । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन् ।
करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेर दुर्घटना भएकाे हाे । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
