आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि पुनः सुरु हुँदै
काठमाडौं, ३० वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताकाे बाँकी खेल आगामी जेठ ३ गतेदेखि पुनः सुरु हुने भएकाे छ ।
सामाजिक सञ्जालमार्फत आईपीएलले यस्ताे जानकारी दिएको हो । यस सिजनको फाइनल भने जेठ २० गते हुने तय भएको छ ।
भारत र पाकिस्तानकाे तनावका कारण यही वैशाख २५ गते पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आईपीएल एक हप्ताका लागि स्थगित गरिएको थियो ।
हिमाचल प्रदेशको धर्मशालामा आईपीएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो । यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरियो ।
अहिले दुबै देशले युद्धविराम गरेपछि आईपीएल पुनः सुचारु हुने वातावरण बनेको हो ।