शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नौ अर्ब ६३ करोडको कारोबार

काठमाडौँ, ३० वैशाख । नेप्से परिसूचकमा आज दोहोरो अङ्कले गिरावत आएकाे छ। परिसूचक १४.८७ अङ्कले ओरालो लागि दुई हजार ६३४.२३ को बिन्दुमा कायम भएको हाे।

आज बजारमा तीन सय १४ कम्पनीका दुई करोड १८ लाख २८ हजार कित्ताभन्दा बढी शेयर नौ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्।

विकास बैंक, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहका उपसूचकमा सामान्य वृद्धि देखिए पनि अन्य सबै समूहका उपसूचक भने ओरालो लागेका छन्। बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहका उपसूचक घटेका हुन्।

आजको कारोबारमा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै, करिब ८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको रु ६७ करोड २० लाखभन्दा बढीको शेयर किनबेच भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *