अमेरिकाको राजधानीमा मारिए इजरायली दूतावासका दुई कर्मचारी

एजेन्सी, ८ जेठ । अमेरिकाको वासिङ्टनस्थित एक संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या गरिएको छ।

अमेरिकी प्रशासनले घटनाको पुष्टि गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

आक्रमणमा परी एक पुरुष र एक महिला कर्मचारीको मृत्यु भएको सञ्चारमाध्यमहरूमा उल्लेख छ। आक्रमणको समयमा दुवै जना वासिङ्टनस्थित यहुदी संग्रहालय बाहिर थिए।

इस्टर्न स्टान्डर्ड समयअनुसार बुधबार राति ९ बजे आसपास घटना भएको हो। गोली हानेका बेला संग्रहालयमा आयोजित कार्यक्रममा इजरायली दूतावासका धेरै कर्मचारीहरू सहभागी थिए।

आक्रमणकारीहरूले गोली हानेपछि प्यालेस्टाइनको पक्षमा नारा लगाएका थिए।

अमेरकाकी सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा ‘घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न अपराधीलाई कानुनी कठ्घरामा ल्याएर पीडित परिवारलाई न्याय दिने’ लेखेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *