चेल्सीलाई कन्फरेन्स लिग उपाधि
वार्सा (पोल्यान्ड), १५ जेठ । इङलिस प्रिमियर लिग क्लब चेल्सीले बुधबार राति स्पेनको रियल बेटिसलाई ४– १ ले हराएर कन्फरेन्स लिगको उपाधि जितेको छ । यस नतिजासँगै चेल्सी युइएफएको चारै क्लब प्रतियोगता जित्ने पहिलो टिम बन्यो ।
चेल्सीले सन् १९७१ र १९९८ मा कप विनर्स कप, सन् २०१२ र २०२१ म च्याम्पियन्स लिग र सन २०१३ र २०१९ मा युरोपा लिग पनि जितेको थियो । रियल बेटिसविरुद्ध इन्जो फर्नान्डेज, निकोलस ज्याक्सन, याडन सान्चो र मोइसेस काइसेडोले गोल गर्नुभयो ।
कन्फरेन्स कप युरोपको तेस्रो श्रेणाीको क्लब फुटबल प्रतियोगता हो । तयसैले पनि चेल्सीले यस प्रतियोगताको उपाधि जितेकोमा खासै गर्व गरेको छैन । एजेन्सी
तस्बिर साभार ः एपी