पतञ्जली जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २२ जेठ । पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित उक्त जग्गा हिनामिना प्रकरणमा संलग्न अन्य प्रतिवादीहरुलाई समेत विपक्षी बनाउँदै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।