सुनमा गिरावट, चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, २७ जेठ । साताको तेस्रो दिन, मंगलबार, सुनकाे मूल्य र चाँदीको मूल्यमा फरक चाल देखिएको छ। सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाउन सफल भएको छ।

आज सुन प्रति तोला ६०० रुपैयाँले सस्तिएर १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। तर, चाँदीको बजार भने चम्किएको छ। प्रति तोला १५ रुपैयाँको वृद्धिसँगै चाँदीले २,१६५ रुपैयाँको नयाँ कीर्तिमानी मूल्य बनाएको हो।

यो मूल्यले गत साताको २,१५० रुपैयाँको रेकर्डलाई समेत उछिनेको छ। बजारको यो उतारचढावले लगानीकर्ताहरूको ध्यान चाँदीतर्फ आकर्षित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *