सोमपाल र गुलसनले बाँकीका खेल गुमाउने

काठमाडौँ, २७ जेठ । नेपाली क्रिकेट टिमका दुई महत्वपूर्ण सदस्य सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यी दुवै खेलाडीले स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलाको बाँकी खेल नेदरल्यान्ड्स र तयसपछि हुने टि२० आइ शृङ्खला गुमाउनेछन् ।

क्यानले सोमपालको दायाँ हात र गुलनको घुँडामा चोट लागेको जनाएको छ ।