नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग क्रिकेट शृङ्खला खेल्ने
काठमाडौँ, जेठ २९ गते । नेपालले टेस्ट राष्ट्रको राष्ट्रिय टिमसँग पहिलो पटक क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले दुई पटक एकदिवसीय विश्वकप र दुई पटक टि२० विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहिबार विज्ञप्ति जारी गरी नेपाल र वेस्ट इन्डिजबीच बहुप्रतिक्षित क्रिकेट शृङ्खला हुने जनाएको हो । सो शृङ्खला तथस्ट मैदान संयुक्त अरब इमिरेट्को शारजाह क्रिकेट रङगशालामा हुनेछ । पहिलो खेल सेप्टेम्बर २७, दोस्रो खेल सेप्टेम्बर २८ र तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर ३० तारिखमा हुनेछ ।
क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।
क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक शृङखलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ ।