एयर इन्डियाको जहाजमा बम रहेकाे हल्लाले आकस्मिक अवतरण

काठमाडौं, ३० जेठ । एयर इन्डियाको जहाजमा बम रहेकाे हल्लाले थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ ।

फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो ।

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।