करणले लिए टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट
काठमाडौँ ३ असार । नेपालका तेज गतिका बलर करण केसीले मङगलबार टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोशेढुङ्गा छोएका छन् ।
त्रिदेशीय टि२० क्रिकेट शृङ्खलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा करणले स्कटल्यान्डका प्रारम्भिक ब्याट्म्यान जर्ज मुन्सीलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएर सयौँ टि२० अन्तर्राष्ट्रिय विकेट हात पारेका हुन् । करणले अर्को ओभरमा फिन्ले मक्रिथलाई पनि आउट गरेका थिए ।
करणले ८० खेलमा एक सय विकेट पूरा गरेका हुन् । करणले सन् २०१५ मा नेदरल्यान्ड्विरुद्ध खेलेर टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका हन् । करण एक सय वा सो भन्दा बढी टि२० अन्तर्राष्ट्रिय विकेट लिने नेपालका मात्र दोस्रो बलर हुन् । यसअघि, लेग स्पीनर सन्दीप लामिछानेले एक सय विकेटको कोशेढुङगा छोएका थिए ।