सरकारद्वारा इजरायलबाट फर्कन चाहने नेपालीको विवरण संकलन सुरु
काठमाडौँ, ४ असार । सरकारले इजरायलमा रहेका र स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरूको विवरण संकलन सुरु गरेको छ।
इरानसँगको बढ्दो तनावलाई मध्यनजर गर्दै सम्भावित उद्धारका लागि यो प्रक्रिया थालिएको हो।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फाराम सार्वजनिक गरी स्वदेश फर्कन चाहनेहरूलाई नाम दर्ता गर्न भनेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५५० नेपाली छन् र उनीहरु सबै हालसम्म सुरक्षित छन्। राजदूत धनप्रसाद पण्डितले आवश्यकता परेमा उद्धार गरिने बताएका छन्।