डोनाल्ड ट्रम्पको हतारोमा इरानी नेता खामेनीको कडा जवाफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको भन्दै सामाजिक सञ्जाल प्लाटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका र्थि । दुबै देशले युद्धविरामको घोषणा गर्नु अघि नै ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाइ समेत दिएका थिए । उनले त्यतिबेला लेखका थिए– ‘रातभरीको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुशी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।’
अहिले फेरि इरान र इराकको युद्ध चर्किरहेका बेला ट्रम्पले त्यति शैलीमा सामाजिक सञ्जाल मार्फत नै युद्धविराम भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका थिए । दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र ‘२४ घण्टामा’ औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताए ।
युद्ध विरामको घोषणा भएको भनेर उनले भने पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्। बरु इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्याएको र कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने बताएका छन्। इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको समयमा उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै लेखेका छन्– ‘हामी कसैको आक्रमणको सामु झुक्दैनौंः यही हो इरानी जनताको तर्क।’
