शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम साढे ६ अर्बमाथि
काठमाडौँ, २४ असार। साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१४ अङ्कले घटेर २,६८३.८६ विन्दुमा रोकिएको हो।
आज दिनभरिमा ३०४ कम्पनीहरूको १ करोड ५० लाख कित्ताभन्दा बढी शेयर किनबेच हुँदा कुल ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भयो।
आजको बजारमा विकास बैंक, वित्त, जलविद्युत् र उत्पादनमूलक लगायतका समूहको उपसूचक बढेको छ। अर्कोतर्फ, बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य समूहको उपसूचकमा गिरावट देखियो।
आजको कारोबारमा बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशतले बढ्यो भने रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.०८ प्रतिशत गुमाए।