फिफाले एन्फामाथिको कन्ट्रोल फन्डिङ हटायो

काठमाडौँ, २८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नेपालमाथिको कन्ट्रोल फन्डिङ हटाइएको छ । एन्फाले गत बिहीबारको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको जानकारी दिएको हो ।

नेपाली फुटबलमाथिको आर्थिक बन्देज चार वर्षपछि हटेको हो । सन् २०२१ मर्र्च १५ ताखिरमा विश्व फुटबलको सर्वोच्च निकाय (फफा०ले नेपालमाथि कन्ट्रोल फन्डिङको बन्देज लगाएको थियो । यस कन्ट्रोल फन्डिङका कारण फिफाले एन्फालाई दिएको आर्थक सहयोग आफ्नो नियन्त्रणमा राखेर नियमन गरी मात्र प्रदान गर्दथ्यो । अब एन्फाले नेपाली फुटबलका लागि आउने रकम स्वतन्त्ररुपले खर्च गर्न पाउने भएको छ ।

फिफाले पत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वको कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै आफूले लगाएको बन्देजात्मक प्रणाली हटेको जानकारी दिएको छ ।

यसअघि सन् २०२४ को अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४ बाट पनि सम्मान गरिएको थियो ।