वेस्ट इन्डिज २७ रनमा अलआउट, अस्ट्रेलियालाई टेस्ट शृङ्खला
किङसटन (जमैका), असार ३१ गते । मिचेल स्टार्कले नौ रनमा छ विकेट र स्कटल्यान्ड बोल्यान्डले ह्याट्रिक लिएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजलाई तेस्रो टेस्टमा २७ रनमा अलआउट गरेको थियो । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १४.३ ओभरमै अलआउट भएको थियो । टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको यो सर्वाधिक न्यून स्कोर हो । वेस्ट इन्डिज दोस्रो पालिमा कमजोर ब्याटिङपछि १७६ रनले अलआउट भएको थियो । वेस्ट इन्डिजले तेस्रो टेस्ट जितेपछि तीन खेलको शृङ्खला क्लिनस्वीप गरेको छ । अस्ट्रेलियाले पहिलो टेस्ट १५९ र दोस्रो टेस्ट १३३ रनले जितेको थियो ।
पहिलो पालिमा अस्ट्रेलियाले २२५ र वेस्ट इन्डिजले १२१ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाको दोस्रो पालि १२१ रन सकिएपछि वेस्ट इन्डिजको सम्भावना पनि देखिएको थियो । तर स्टार्कले नौ रनमा छ विकेट लिएपछि वेस्ट इन्डिज सुरुदेखि नै जित्ने स्थितिमा देखिएन । तीन टेस्ट शृङ्खलामा कूल १५ विकेट लिने स्टार्क प्लेअर अफ दि सिरिज घोषित भए । एजेन्सी